info@nawayug.com

सुनको भाउ बढ्यो

काठमाण्डौ । एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाउ आज सामान्य बढेको छ ।

आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर तीन लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो एकैदिन ३ हजार र अस्ति ९ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज भने एक सय रुपैया बढेको हो ।

गएको मंगलबारदेखि लगातार सुनको भाउ घट्दै आएकोमा आज बढेको हो । आज चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ । हिजो तोलाको ४ हजार ७८० रुपैयाँ कायम रहेको चाँदीको भाउ आज चार हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया