info@nawayug.com

इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुला

काठमाडौं । सरकारले इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुला गरेको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गत चैत ३१ गतेको मन्त्रीस्तरीय निर्णयले बहराइन, इजरायल, कुवेत, र लेबनानका लागि पुनः श्रम स्वीकृति खुला गरेको हो ।

यसअघि इजरायल–अमेरिका–इरानबीचको तनावका कारण ती देशसहित पश्चिम एसिया र खाडी मुलुकहरूको श्रम स्वीकृति स्थगन गरिएको थियो। 

इरानले अमेरिकी सैन्य बेसलाई लक्षित गरी आक्रमण गरेपछि उत्पन्न सुरक्षा जोखिमका कारण नेपालले अस्थायी रूपमा श्रम स्वीकृति रोकेको थियो।

प्रतिक्रिया