info@nawayug.com

डीएभी कलेजका विद्यार्थीले गरे आत्महत्या

काठमाडौं । ललितपुर जावलाखेलस्थित डीएभी कलेजका विद्यार्थी आर्यन सिंहले कलेजकै छतबाट हामफालेर आत्महत्या गरेका छन् ।

१८ वर्षका सिंह डीएभी कलेजमा कक्षा १२ मा अध्ययनरत थिए । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) गौतम मिश्रले सोमबार दिउँसो साढे १२ बजे विद्यार्थी सिंहले छतबाट हामफालेर आत्महत्या गरेको बताए । ‘‘कक्षा १२ मा अध्ययनरत विद्यार्थी आर्यन सिंहले सोमबार दिउँसो कलेजको छतबाट हामफालेको भन्नेछ,’’ प्रवक्ता मिश्रले बाह्रखरीसँग भने ।

उनलाई तत्कालै सुमेरू सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालमा चिकित्सकले सोमबार नै मृत घोषित गरेका थिए । सिंहको काठमाडौं महानगरपालिका–७, चावहिल घर रहेको जनाइएको छ । सिंहले छतबाट हाम फाल्नुअघि हिन्दी भाषामा कपीमा केही कुरा लेखेका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको प्रवक्ता मिश्रले बताए । 

प्रतिक्रिया