काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्याबलाई नियुक्त गरेको १६ दिन बितिसकेको छ । तर, उनले पदभार सम्हालेकी छैनन् ।
मन्त्रिपरिषद्को गत असार २० गतेको बैठकले याङ्कीलाई सीईओ नियुक्त गरेको थियो । सोबारे औपचारिक जानकारी नआएको बोर्डले जनाएको छ ।
लगानी बोर्डकी प्रवक्ता सुनिता नेपालका अनुसार सरकारबाट सीईओ नियुक्तिसम्बन्धी आधिकारिक पत्र अझै प्राप्त भएको छैन ।
सीईओले कहिलेदेखि काम सुरु गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘सरकारले लगानी बोर्डको सीईओ नियुक्त गरेको आधिकारिक पत्र नै अहिलेसम्म पठाएको छैन, त्यसैले पदभार ग्रहणको प्रक्रिया अघि बढ्न सकेको छैन।’
विकास अर्थशास्त्री उक्याबलाई सरकारले आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो । स्रोतका अनुसार उनी आउँदो सोमबार बोर्ड पुगेर पदभार ग्रहण गर्ने तयारीमा छिन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com