काठमाण्डाै । शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५.९२ अङ्कले घटेर २ हजार ५५८.३५ विन्दुमा झरेको छ ।
आज सबै समूहको उपसूचक घटेकोमा निर्जीवन बीमा समूह ३.९० प्रतिशतले ओरालो लागेको छ । आज २५२ वटा कम्पनीको शेयर घटेकोमा २३ वटाको बढेको छ । यस्तै इमर्जिङ नेपाल, कामना सेवा विकास बैंक र नेशनल लघुवित्तको शेयर भने घटबढ भएको छैन ।
आज रसुवागढी हाइड्रोपावर र मैलुङ खोला जलविद्युत्काे शेयर १५ प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन सर्वाेत्तम पेन्ट्सको शेयर १५ प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब १० करोडको कारोबार भएकोमा आज ३४८ वटा कम्पनीका १ करोड ३५ लाख कित्ता शेयर ४ अर्ब ७७ करोड रुपैयाँमा किनबेच भएको छ ।
१० भदौ २०८३, बुधबार ०४:२७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com