info@nawayug.com

रुसी आक्रमणमा युक्रेनमा कम्तीमा १४ जनाको ज्यान गयो

काठमाडौं । रुसले युक्रेनका शहरहरूमा गरेको आक्रमणमा कम्तीमा १४ जनाको ज्यान गएको छ । रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणमा डिनिप्रोमा ९ र राजधानी किएभमा ५ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

पछिल्ला महिनाहरूमा रुसले गरेको सबैभन्दा ठूला आक्रमणहरूमध्ये यो एक हो । रातभर आवासीय भवनहरूमा भएका आक्रमणमा बालबालिकासहित धेरै मानिस घाइते भएका खबरमा उल्लेख छ । यद्दपि घाइतेहरूको सङ्ख्या सार्वजनिक भएको छैन ।

गएको महिना रुसी कब्जामा रहेको लुहान्स्क क्षेत्रको एक छात्रावासमा भएको ड्रोन आक्रमणमा २१ जनाको ज्यान गएको थियो । यो आक्रमणको प्रतिक्रियास्वरूप रुसले गएको हप्ता युक्रेनमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो ।

किएभका मेयर भिटाली क्लिट्स्कोले मानिसहरूलाई सुरक्षित आश्रयस्थलमा बस्न अपील गर्नुभएको छ ।

मे महिनामा अल्पकालीन युद्धविरामको अवधि सकिएपछि रुसले युक्रेनमाथि लगातार मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ । यसबीचमा एउटा आवासीय भवनमा भएको आक्रमणमा ३ बालबालिकासहित २४ जनाको ज्यान गएको थियो ।

यस्तै युक्रेनले पनि रुसमाथि आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया