info@nawayug.com

खरेलको दाबी– आयोगको प्रतिवेदन अब लागू हुन्छ

काठमाडौं । ललितपुर-२ बाट सांसदमा निर्वाचित जगदीश खरेलले अब बन्ने सरकारले भदौ २३-२४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका छन् ।

मंगलबार ललितपुरमा जेन-जी शहीद विनोद महर्जनको परिवारसँग भेट गर्दै सञ्चारमन्त्रीसमेत रहेका खरेलले जेन-जी आन्दोलनको जगमा निर्वाचन भएकोले रास्वपा सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने बताए ।

वर्तमान सरकारले मन्त्रिपरिषद्बाट उक्त प्रतिवेदनका बारेमा आवश्यक निर्णय गर्ने उनले विश्वास जनाए । आयोगले सुझाएका कुरा, सुझाव र निष्कर्षलाई कार्यान्वयन गर्नु आगामी सरकारको दायित्व हुने उनको भनाइ छ ।

खरेलले भ्रष्टाचार अन्त्य, सुशासन कायम र देशमा नै शिक्षा, रोजगारी, स्वास्थ्य लगायतका लागि भएको आन्दोलनको मर्मलाई गम्भीरतामा राखेर अघि बढ्ने स्पष्ट बताए ।

युवाहरूले गरेको क्रान्तिलाई अब रास्वपाले पूर्णता दिने र मुलुकलाई परिवर्तन गरेरै छाड्ने खरेलले जिकिर गरे ।

प्रतिक्रिया