काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निर्मला पन्तको हत्यारा कहिले पत्ता लाग्छ भन्दै गरेको प्रश्नमा सांसदलाई नै प्रतिप्रश्न गरेका छन् ।
राष्ट्रियसभाको बैठकमा प्रश्नोत्तरमा सहभागी हुन बिहीबारको बैठकमा गएका गुरुङले प्रश्न सोध्ने विष्णुबहादुर विश्वकर्मालाई रोष्ट्रमबाट प्रतिप्रश्न गरेका हुन् ।
“कञ्चनपुरकी निर्मला पन्तको दिनदहाडै बलात्कार पछि हत्या भएको दश वर्ष नाघेको छ । दोषी पत्ता लगाइ न्याय दिन नसक्नुको कारण के हो । के हाम्रो राज्य संयन्त्र असफल भएको हो ?,” विष्णुबहादुरको प्रश्न थियो ।
जवाफमा गृहमन्त्री गुरुङले उक्त घाटना एकदमै सेन्सिटिभ भएको भन्दै बारम्बार यो विषय कोट्याएर निर्मला पन्तकी आमाको घाउमा नुन चुक नछर्किन आग्रह गरे ।
उनले विगतका सरकारले नगरेका काम अहिलेको सरकारलाई नबोकाउन पनि आग्रह गरे र रोष्ट्रमबाटै प्रतिप्रश्न गरे ।
“एकदमै सेन्सिटिभ विषय हो । अहिलेको सरकारलाई यो भारी नबोकाउनुस्,” मन्त्री गुरुङले भने, “म माननीयज्यूलाई नै यो प्रश्न सोध्न चाहन्छु– तपाईंहरु सरकारमा हुँदा हत्यारा किन पत्ता नलगाएको ?”
पुरक पश्न सोध्नका लागि दिएको समयमा विश्वकर्माले सांसदको नैसर्गिक अधिकारमा मन्त्रीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए । उनले सांसदको प्रश्न सोध्न पाउने नैसर्गिक अधिकार भएको र जवाफ दिने मन्त्रीको कर्तव्य भएको सम्झाए । विश्वकर्माले पुनः त्यही प्रश्न दोहोर्याए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com