भारत । भारतको गोवामा जारी साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलका अहिले नेपालले श्रीलङ्काविरुद्ध खेल्दैछ । पहिलो हाफमा नेपालले १–० को अग्रता लिएको छ ।
भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले श्रीलङ्काविरुद्ध खेलका लागि नेपालको सुरुआती ११ सदस्यीय टोलीको नाम सार्वजनिक गर्नुभएको हो ।
अञ्जना रानामगरलाई गोलरक्षकको जिम्मेवारी दिइएको छ भने टोलीको कप्तानको जिम्मेवारी रेनुका नगरकोटेले पाएकी छन् ।
टोलीमा अञ्जना रानामगरसँगै रेनुका नगरकोटे, विमला विके, हिराकुमारी भुजेल, सरु लिम्बू, गीता राना, रेखा पौडेल, मीना देउवा, प्रतिक्षा चौधरी, रश्मिकुमारी घिसिङ र दीपा शाही छन् ।
यसैगरी वैकल्पिक खेलाडीमा उषा नाथ, पूजा राना, समीक्षा घिमिरे, सविना चौधरी, अनिता केसी, पूर्णिमा राई, अनिता बस्नेत, अञ्जिला तुम्बापो सुब्बा, बिर्सना चौधरी, निशा ठोकर र अनिता लाम्जेल रहेका छन् ।
भुटानविरुद्ध पहिलो खेलमा १–० को जित निकालेको नेपाल दोस्रो जितको खोजीमा मैदान उत्रनेछ । सेमिफाइनल पुग्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी नेपाल श्रीलङ्काविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा रहेको छ । हालसम्मको भिडन्तमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै आएको छ । सोही लयलाई दोहोर्याउने दाउमा नेपाल रहेको छ । यसअघि सन् २०२५ मा भएको एएफसी महिला एसियन छनोटमा पनि नेपालले श्रीलङ्कालाई पराजित गरेको थियो ।
नेपाली टोलीमा सावित्रा भण्डारी चोटका कारण सहभागी छैनन् । यस्तै, कम्बोडिया क्लबमा आबद्ध प्रिती राई पनि आजको खेलमा हुने छैनन् ।
यस साफ च्यापियनसिपमा विभिन्न छ राष्ट्र सहभागी छन् भने जसलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भुटान र श्रीलङ्का छ । पहिलो खेलमा नेपालले भुटानमाथि एक शून्य गोलको जित निकालेको थियो ।
प्रतियोगितामा शीर्ष तीन अङ्क जोडेको भूटान अङ्क तालिकाको शीर्ष स्थानमा छ । भूटानले श्रीलङ्कालाई चार शून्य गोलअन्तरले पराजित गरेको थियो ।
यसैगरी समान तीन अङ्क नै जोडेको नेपाल गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । अङ्कविहीन रहेको श्रीलङ्का तेस्रो स्थानमा छ । यसैगरी समूह ‘बी’ मा आयोजक भारत, बङ्गलादेश र माल्दिभ्स छन् । समूहको शीर्ष दुई स्थान हासिल गर्ने टोलीले सेमिफाइन यात्रा तय गर्नेछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com