काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ३ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
भाउ घटेर सुन आज तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ९४ हजार ८०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि हिजो चाँदीको भाउ तोलाको ५ हजार ३० रुपैयाँ थियो ।
२२ बैशाख २०८३, मङ्गलबार ११:४४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com