info@nawayug.com

पछिल्लो एक साता नेपालबाट मध्यपूर्वका विभिन्न देश जानेभन्दा उताबाट फर्कने यात्रु संख्या अधिक

काठमाडौं । पछिल्लो एक साता नेपालबाट मध्यपूर्वका विभिन्न देश जानेभन्दा उताबाट फर्कने यात्रु संख्या अधिक देखिएको छ ।

इजरायल र अमेरकिाले केही सातादेखि इरानमा आक्रमण गरेपछि इरानको जवाफी हमलापछि मध्यपूर्वका देशहरूमा द्वन्द्व जारी छ । खाडी देशहरूमा तनाव हुँदा हवाई उडान अस्तव्यस्त भएको छ । जसका कारण लाखौं यात्रु गन्तव्य पुग्न र स्वदेश फर्किन पाएका छैनन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार २० फागुनयता मध्यपूर्वका देशहरूबाट ३ हजार ६ सय ४९ यात्रु नेपाल आएका छन् । नेपालबाट भने २ हजार २८ जना गएका छन् ।

यसबीच फ्लाइ दुबई, एयर अरेबिया, हिमालय एयरलाइन्स सहित वायुसेवा कम्पनीले आबुधाबी, सारजहाँ, दुबई लगायत गन्तव्यमा  छिटपुट उडान गरिरहेका छन् ।

यस अवधिमा कुल २३ उडान भएको विमानस्थल कार्यालयको तथ्यांक छ । अर्कातर्फ, ती देशमा द्वन्द्व चर्किएपछि दैनिक डेढ दर्जन उडान रद्द भइरहेका छन् ।

प्रतिक्रिया