काठमाडौं । दाङमा आफ्नै साथीले पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका ४९ वर्षीय रूपलाल चौधरीको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेमबहादुर केसीका अनुसार चौधरीको बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा आज बिहान ६ बजे मृत्यु भएको हो।
प्रहरीका अनुसार राजपुर गाउँपालिका–२ खालगैरास्थित मटेरियाका चौधरीमाथि उनकै साथी सोही ठाउँका ३८ वर्षीय त्रिलोकसिंह कार्कीले शनिबार पेट्रोल छर्केर आगो लगाएका थिए।
घटनाअघि दुवै जना सँगै बसेर मदिरा सेवन गरेका थिए। सोही क्रममा कार्कीले आफ्नो मोटरसाइकलमा हाल्नका लागि बोतलमा ल्याएको पेट्रोल चौधरीमाथि खन्याएर आगो लगाएको प्रहरीको भनाइ छ।
घटनापछि फरार भएका कार्कीलाई प्रहरीले हिजै दाङको लमही नगरपालिका–५ रातोडाँडाबाट नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका कार्कीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com