info@nawayug.com

सुनकोे मूल्य ५०० रुपैयाँलेले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य केही घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो ।

मंगलबार (भदौ ९) नेपाली बजारमा सुन प्रतितोला तीन लाख २२ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबार दिन सोही परिणामको सुन तीन लाख २२ हजार ७०० मा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी प्रतितोला चार हजार ९०० मा किनबेच भइरहेको छ । सोमबार चाँदी प्रतितोला चार हजार ९६५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया