काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगका अनुसार गएराति १२ बजेदेखि शुरू भएको मतदान अहिले दिउँसो साढे १२ बजे सम्पन्न भएको हो ।
महाधिवेशनमा ४ हजार १०० जना प्रतिनिधि रहेकामा ३ हजार ९५० मत खसेको रास्वपाको अनुमान छ । विद्युतीय मेशिनबाट मतदान भएकाले परिणाम २ घण्टाभित्र सार्वजनिक हुने आयोगले जनाएको छ ।
चितवनको भरतपुरमा चलिरहेको महाधिवेशनअन्तर्गत पहिलो चरणमा ९९ जना सदस्यका लागि मतदान सम्पन्न भएसँगै अब दोस्रो चरणको चुनाव प्रक्रिया अघि बढ्ने छ । दोस्रो चरणमा २ उपसभापति, १ महामन्त्री र ३ सहमहामन्त्री गरी ६ जनाको चुनाव हुनेछ ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन यही असार ७ गतेदेखि शुरू भएको हो ।
११ असार २०८३, बिहिबार ०४:०५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com