काठमाण्डाै । लगातार २ दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से ४.७९ अङ्कले बढेर २ हजार ६६७.९७ विन्दुमा पुगेको छ ।
आज होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ ।
आज १२२ वटा कम्पनीको शेयर बढेकोमा १४३ वटाको घटेको छ । यस्तै ११ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज सोलु हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ । बजार सामान्य उकालो लागेको दिन एभरेस्ट कलरको शेयर ९ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब ७ करोडको कारोबार भएकोमा आज ३५० वटा कम्पनीको १ करोड ६७ हजार कित्ता शेयर ४ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ ।
२० साउन २०८३, बुधबार ०३:४६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com