info@nawayug.com

मकवानपुरमा लागुऔषधसहित १३ जना पक्रउ

मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको चेकजाँचको क्रममा लागुऔषधसहित १३ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेकाहरूको साथबाट प्रतिबन्धित लागुऔषध खैरोहेरोइनजस्तो देखिने पदार्थ, चरेस र गाँजा बरामद गरिएको छ।

प्रहरीले जेठ १४ गतेदेखि १७ गतेसम्म जिल्लाका विभिन्न स्थानमा शंकास्पद व्यक्तिमाथि चेकजाँचको क्रममा छुट्टाछुट्टै स्थानबाट खैरोहेरोइनजस्तो देखिने पदार्थ ३५ ग्राम १० मिलिग्राम, चरेसजस्तो देखिने पदार्थ २६० मिलिग्राम, गाँजा २३ ग्राम २१० मिलिग्राम र ट्रामाडोलका २ क्याप्सुल बरामद गरेको जनाएको छ। 

प्रहरीका अनुसार बारा जिल्लाको कलैया उपमहानगरपालिका१४ का ३० वर्षीय राजन जैसवाल, निजगढ नगरपालिका९ का २१ वर्षीय सर्जुक साह र रौतहटको बौधीमाई नगरपालिका२ का २१ वर्षीय रोहित पटेलको साथबाट ३४ ग्राम ७९० मिलिग्राम खैरोहेरोइनजस्तो पदार्थ बरामद गरिएको छ।

त्यसैगरी, भारत घर भई हाल हेटौंडा उपमहानगरपालिका४ बस्ने २३ वर्षीय आकाश कुमार, हेटौंडा७ का २४ वर्षीय राज अधिकारी, हेटौंडा११ का ३३ वर्षीय राजा बाबु शर्मा र बकैया गाउँपालिका४ का ३४ वर्षीय समिर स्याङतानको साथबाट २१ ग्राम ३७० मिलिग्राम गाँजा र ट्रामाडोलका दुई क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।

यस्तै, हेटौंडा उपमहानगरपालिका१ का ४४ वर्षीय सहदेव अर्जेल, ३० वर्षीय कालुराम गिरी, ३९ वर्षीय मनोज महर्जन र हेटौंडा१७ का ३६ वर्षीय रामचन्द्र मोक्तानको साथबाट २२० मिलिग्राम खैरोहेरोइनजस्तो पदार्थ बरामद गरिएको छ।

त्यसैगरी,  हेटौंडा८ की २३ वर्षीया अनुष्का क्षेत्री र भरतपुर महानगरपालिका८ का २६ वर्षीय करण स्याङ्बोको साथबाट २६० मिलिग्राम चरेसजस्तो पदार्थ र १ ग्राम ८४० मिलिग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका १३ जना प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जानाएका जनाएको छ।

 

प्रतिक्रिया