काठमाडौं । यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालको खेल भारतसँग हुँदैछ ।
नेपाल र भारतको खेल आज बिहान पौने ११ बजे ओमानको अल अमेरातमा हुनेछ ।
प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । समूह चरणमा नेपालले भारतपछि २२ गते युनाइटेड अरब इमिरेट्स (युएई) र २४ गते पाकिस्तानविरुद्ध खेल्ने तालिका छ । प्रतियोगिता यही २८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा टोली घोषणा गरेको छ । टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्टले अवसर पाएका छन् ।
२० कार्तिक २०८३, शुक्रबार ११:१२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com