चितवन । चितवनमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई नगद र ताससहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका प्रहरी टोलीले जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
मंगलबार जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको संयुक्त प्रहरी टोलीले खैरहनी नगरपालिका–८ पानीट्याङ्गीमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको थियो।
प्रहरीले उनीहरूको साथबाट ७७ हजार ९ सय ९५ रुपैयाँ नगद र १० बुक तास बरामद गरेको जनाएको छ। पक्राउ परेका आठै जनामाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, गएराति करिब १ बजे भरतपुर महानगरपालिका–१६ स्थित नवीन चोकमा जुवातास खेलिरहेको अवस्थामा थप पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा ३३ हजार ९ सय ९० रुपैयाँ नगद र दुई बुक तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी चन्द्रभूषण यादवले जानकारी दिए।
दुवै स्थानबाट पक्राउ परेका १३ जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com