info@nawayug.com

भारत भ्रमणमा रवि लामिछाने : आज भाजपा नेतृत्वसँग राजनीतिक संवाद

काठमाडौँ । भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज नयाँ दिल्लीमा विभिन्न राजनीतिक भेटवार्ता गर्ने भएका छन्।

आजको कार्यतालिका अनुसार लामिछानेले नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको मुख्यालयमा पार्टी अध्यक्ष नीतिन नवीनसहित उच्चस्तरीय नेताहरूसँग भेटघाट गर्नेछन्।

सभापति लामिछानेको सचिवालयका अनुसार उक्त भेटवार्तामा नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक शक्तिबीचको सहकार्य, दलगत अनुभव आदानप्रदान तथा आपसी सम्बन्ध सुदृढीकरणलगायत विषयमा छलफल केन्द्रित हुनेछ।


प्रतिक्रिया