हेटौँडा । हिजो राति मकवानपुरको हेटौँडा–१७ अंगारेश्वरस्थित धरान चतरा सडक खण्डमा पिक अपसँग मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ ।
हेटौँडाबाट सिन्धुलीमा तरकारी लिएर गइरहेको बा.प्र. ०१-०२८ च १७४७ नम्बरको पिकअप बोलेरो गाडी र सिन्धुलीबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ६४५९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–१७ का २७ वर्षीय सुदिप पाण्डे घाइते भएपछि हेटौँडाको चुरेहिल अस्पतालमा पठाइएकामा राति २१ः३५ बजे डाक्टरले मृत घोषणा गरेका हुन् ।
प्रहरीले पिकअप गाडी र चालक सिन्धुली, कमलमाई–३ का ४८ वर्षीय रमेश तामाङलाई नियन्त्रणमा लिएको छ ।
२१ कार्तिक २०८३, शनिवार ११:३६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com