काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई प्रदान गरिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका केन्द्रीय सदस्य तथा सांसद ऐन महरले जानकारी दिए । आज ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालय बसेको संसदीय दलको संयुक्त बैठकमा पार्टी अध्यक्ष ओलीले उपाध्यक्ष थापालाई जिम्मेवारी तोकेको जानकारी गराइएको उनले बताए ।
अध्यक्ष ओलीले आफू हिरासतबाट मुक्त नहुँदासम्मका लागि थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिए बैठकमा जानकारी गराइएको थियो ।
अध्यक्ष ओलीलाई जेनजी आन्दोलनको छानबिन गर्न गठित आयोगको सिफारिस कार्यान्वयनका सिलसिलामा गत शनिबार पक्राउ गरेको छ ।
१८ चैत २०८२, बुधबार १०:३९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com