info@nawayug.com

तत्कालीन सरकारको दमनले जेनजी आन्दोलन जन्मायो : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३–२४ गतेको जेनजी आन्दोलन जनतामा चुलिएको चरम निराशा, असन्तुष्टिप्रति भएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै तत्कालीन सरकारको दमनको कारणले घटना भएको उनको भनाइ छ।

उनले भने, ‘यो आन्दोलन कुनै दल विशेषको पक्ष या विपक्ष भन्दा पनि सरकार परिवर्तनको लागि मात्र होइन। परिवर्तन संस्कार परिवर्तनको निम्ति थियो, सरकारको शैली परिवर्तनको निम्ति थियो, सुशासनको निम्ति थियो, विधिहीनता र दण्डहीनताको अन्त्यको निम्ति थियो। आन्दोलनको मर्मअनुसार चल्न सकेको छौँ कि छैन त्यतातिर गम्भीर हुनुपर्ने आवश्यकता छ।’

ठुलो जनविश्वास र आशा बोकेको सरकार सफल हुनुपर्ने बताए।

उनले भने, ‘अहिले चारैतिर हाहाकारको स्थिति छ। हामी एकै ठाउँ उभिएर यो अहिलेको प्रथम समस्यालाई समाधान गर्नुपर्ने आवश्यकता छ। बाढीमा फसेकाहरूको सुरक्षाका लागि पनि केही अपुग भएको छ।’

उनले बाढी प्रभावितको समस्यामा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया