काठमाण्डौं । इजिप्टसँगको विवाद सेलाउन नपाउँदै फिफा विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना फेरि विवादमा फसेको छ । क्वाटरफाइनलमा इजिप्टसँगको खेल विवादास्पद बनेको थियो ।
गए राति सम्पन्न सेमिफाइनल खेलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । खेलपछि अर्जेन्टिनाका खेलाडीहरूले फकल्याण्ड टापु अर्जेन्टिनाकै हो भन्ने सन्देश लेखिएको ब्यानर प्रदर्शन गर्दै जीतको उत्सव मनाएका थिए । त्यो सेलिब्रेशनपछि फिफाबाट अनुशासनको कारबाही हुनसक्ने टिप्पणी भइरहेको छ ।
दक्षिण एटलान्टिक महासागरमा रहेको फकल्याण्ड टापुमाथि बेलायत र अर्जेन्टिनाबीच लामो समयदेखि सार्वभौमिकताको विवाद छ । सन् १९८२ मा यही विषयलाई लिएर दुई देशबीच ७४ दिन युद्ध भएको थियो ।
यसअघि सन् २०१४ मा पनि स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि यस्तै ब्यानर प्रदर्शन गरेको भन्दै फिफाले अर्जेन्टिना फुटबल संघलाई २० हजार पाउन्ड जरिवाना गरेको थियो ।
इतिहासकै संवेदनशील सम्बन्धका कारण इङ्ल्यान्ड र अर्जेन्टिनाबीचको सेमिफाइनल उच्च सुरक्षा व्यवस्थाका बीच सम्पन्न भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com