info@nawayug.com

शेयर बजार उच्च अंकले घटेर नेप्से २६ सय विन्दुबाट तल झर्यो

काठमाण्डौ । हप्ताको पहिलो कारोबार दिन शेयर बजार उच्च अंकले घटेर २६ सय विन्दुबाट तल झरेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १९.१३ अंकले घटेर दुई हजार ५९९.५८ विन्दुमा झरेको हो । लगातार चार कारोबार दिन घटेर गएको बिहिबार बढेको नेप्से सुक्रवार र आज पनि घटेको हो ।

आज सबै समूहको उपसूचक घटेर बजार राताम्मे हुँदा निर्जिवन बिमा समूह एक प्रतिशत भन्दा धेरैले ओरालो लागेको छ । आज २९९ वटा कम्पनीको शेयर घटेकोमा ४७ वटाको बढेको छ । यस्तै २ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज पञ्चकन्यामाइ हाड्रोको शेयर झण्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सर्वोत्तम पेन्ट्सको शेयर १५ प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

गएको सुक्रवार ४ अर्ब १६ करोड रुपैयाँको कारोवार भएकोमा आज तीन सय ५० वटा कम्पनीका ८५ लाख ७२ हजार कित्ता शेयर तीन अर्ब २३ करोड ९७ लाख रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया