होर्मुज । अमेरिकी नौसैनिक नाकाबन्दी सुरु भएपछि पनि अमेरिकाद्वारा प्रतिबन्धित एक ट्यांकरले होर्मुज जलमार्ग पार गरेको छ।
अमेरिकाले पहिले नै प्रतिबन्ध लगाएको उक्त ट्यांकर ‘एलपिस’ ले नाकाबन्दीका बीच पनि आफ्नो यात्रा जारी राखेको अन्तर्राष्ट्रिय जहाज ट्र्याकिङ प्लेटफर्म मरीनट्राफिकले जनाएको छ।
मरीनट्राफिकका अनुसार ‘एलपिस’ कोमोरोसको झण्डा प्रयोग गरिरहेको छ। यो आंशिक रूपमा कार्गो जहाज भएको र सम्भवतः इरानको बुशेहर बन्दरगाहबाट सामान लोड गरिएको अनुमान गरिएको छ।
उक्त जहाज मलेसियाको कम्पनी ‘चार्टकेमिकल’ को नाममा दर्ता भए पनि इक्वासिसको विवरणअनुसार यसले कोमोरोसको अनुमति बिना नै झण्डा प्रयोग गरिरहेको देखिएको छ।
स्थानीय समयअनुसार बिहान १० बजे जहाजले आफ्नो अन्तिम स्थान अपडेट गरेको थियो, तर यसको गन्तव्य भने सार्वजनिक गरिएको छैन।
यसैबीच, ट्र्याकिङ तथ्यांकले अमेरिकाद्वारा प्रतिबन्धित अर्को ट्यांकर ‘रिच स्टैर्री’ पनि होर्मुज जलघाँटी पार गरिसकेको संकेत गरेको छ। उक्त जहाज चीनतर्फ गइरहेको बताइएको छ र अन्तिमपटक संयुक्त अरब इमिरेट्समा रोकिएको थियो।
इरानी बन्दरगाहहरूमा नाकाबन्दी घोषणा गर्दा अमेरिकी सेनाले भने होर्मुज जलघाँटी हुँदै गैर–इरानी बन्दरगाहबीच आवतजावत गर्ने जहाजहरूको स्वतन्त्रता नरोकिने स्पष्ट पारेको थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com