काठमाण्डौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपालले कसैको भूमि मिचेको छ कि भनेर खोज्दै हिँड्ने सत्तापक्षका सांसदहरू देखेर आफू लज्जित भएको टिप्पणी गर्नुभएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा नेता आङ्देम्बेले मेरो देशले कसैको सीमा मिचेको छैन भनेर हिँड्नुपर्नेमा सत्तापक्षका केही सांसदहरूले नेपालले भारतको सीमा मिचेको हो भनेर न्वारनदेखिको बल लगाएर दौडी राखेको भन्दै आपत्ति जनाउनुभयो । लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने कुरा दुनियाँलाई थाहा भएको र ती समस्याको समाधान गहन कूटनीतिक संवादमार्फत टुङ्गो लगाउनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भन्ने दुनियाँलाई थाहा छ । यही संसद्ले ती भूभागसहितको नक्सा पारित गरेको पनि दुनियाँलाई थाहा छ । यो विषयको हल उत्तेजना र आवेशले होइनस संयमित ढङ्गले, गहन संवादको माध्यमबाट, कूटनीतिक प्रक्रियाबाट हुनुपर्दछ । सत्तापक्षका कतिपय सांसदहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न न्वारनदेखिकै बल लगाएर दौडी राख्नुभएको छ ।’
नेता आङ्देम्बेले आज सत्तापक्षकै कारण संसदमा प्रश्न गर्ने क्षमताको समेत ह्रास भइराखेको कारुणिक दृष्य देख्नुपरेको गुनासो पनि गर्नुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com