info@nawayug.com

विश्वकप २०२६ : समूह ‘ई’ बाट आइभरी कोस्ट, इक्वेडर र कुरासाओ नकआउटमा पुग्ने प्रतिस्पर्धामा

काठमाण्डौं । फिफा विश्वकप फुटबलमा आज राति पौने २ बजे समूह ‘ई’ को २ वटा खेल हुँदैछ । अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा कुरासाओ र आइभरी कोस्ट तथा न्युयोर्क न्यु जर्सी रङ्गशालामा इक्वेडर र जर्मनी खेल्दैछन् ।

४ पटकको विजेता जर्मनी लगातार दोस्रो जीतसहित समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको छ । अब उपविजेता बन्दै नकआउट चरणमा पुग्ने दोस्रो टोली बन्न आईभरी कोस्ट, इक्वेडर र पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओ प्रतिस्पर्धामा छन् । आइभरी कोस्ट ३ अङ्कसहित दोस्रो तथा इक्वेडर र कुरासाओ समान १ अङ्कसहित तेस्रो र चौथो स्थानमा छन् ।

विश्वकपमा भोलि बिहान पौने ५ बजे समूह ‘एफ’ का २ वटा खेल हुँदैछ । अमेरिकाको कन्सास सिटी रङ्गशालामा ट्युनिसिया र नेदरल्यान्ड्स तथा डालास रङ्गशालामा जापान र स्वीडेन खेल्दैछन् ।

यो समूहबाट ट्युनिशिया बाहेक अन्य टोली नकआउट चरणमा प्रवेश गर्न प्रतिस्पर्धामा छन् ।

विश्वकपमा बिहान पौने ८ बजे समूह ‘डी’ का २ वटा खेल हुँदैछ । लस एन्जलस रङ्गशालामा घरेलु टोली अमेरिका र टर्किए तथा सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा पाराग्वे र अस्ट्रेलिया खेल्दैछन् ।

यो समूहबाट अमेरिका नकआउट चरणमा पुग्दा टर्किए बाहिरिएको छ । अब समूह चरणमा पुग्ने दोस्रो टोली बन्न अस्ट्रेलिया र पाराग्वे प्रतिस्पर्धामा छन् । 

प्रतिक्रिया