काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा स्थान बनाइसकेको चितवन राइनोजले कर्णाली याक्सविरुद्धको खेलमा पाँच खेलाडी परिवर्तन गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेको कर्णालीले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। चितवनले अघिल्लो खेलको तुलनामा पाँच खेलाडी परिवर्तन गर्दै मैदानमा उत्रिएको हो।
चितवनले आजको खेलमा देव खनाल, अशोक धामी, सलाहुद्दिन खान, डान मोस्ली र उसामा मिरलाई टोलीमा समावेश गरेको छ। यसअघिको खेलमा रहेका अर्जुन साउद, रन्जित कुमार, मौसम ढकाल, रवि बोपारा र डाविड मलानलाई भने विश्राम दिइएको छ।
यता, कर्णाली याक्सले पनि टोलीमा एक खेलाडी परिवर्तन गरेको छ। दीपेन्द्र रावतको स्थानमा सचिन शर्मालाई खेलाइएको छ।
अंक तालिकामा चितवन चौथो स्थानमा छ भने कर्णाली सातौँ स्थानमा रहेको छ। चितवनले यसअघि नै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com