वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सबै खालका कार, ट्रक र गाडीका पार्टपूर्जामा अतिरिक्त भन्सार महसुल (ट्यारिफ) बढाएर ५० प्रतिशतमा पुर्याउने चेतावनी दिएका छन् ।
मंगलबार ट्रम्पले बताएअनुसार यो ट्यारिफ २०२७ को जनवरी १ देखि लागू हुनेछ । हालैका दिनमा व्यापर सम्झौता गर्ने प्रयास असफल भएपछि दुई देश व्यापार युद्धको स्थितिमा छन् ।
यो सम्झौता भएको भए अमेरिका भित्रिने क्यानडेली कार र लाइट ड्युटी ट्रकमा लाग्दै आएको ट्यारिफ २५ प्रतिशतबाट घटेर १५ प्रतिशतमा झर्ने थियो । अनि अल्मुनियम र स्टिलमा लाग्दै आएको ट्यारिफ पनि २५ प्रतिशतले घटेर २५ प्रतिशतमा आउँथ्यो । तर अमेरिका भित्रिने मध्यम र हेभी–ड्युटी ट्रकमा लागू भएको ट्यारिफमा राहत हुने वा नहुनेलगायत विषयमा सहमति जुट्न नसक्दा अमेरिका र क्यानडाबीचको व्यापार वार्ता भंग भएको थियो ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकामै उत्पादन गर्ने कम्पनीका लागि कुनै शुल्क नलाग्ने बताएका छन् । उनले क्यानडासँगको व्यापार सम्बन्धमा अमेरिकी पक्षलाई उचित व्यवहार नगरिएको आरोप लगाउँदै क्यानडालाई अमेरिकाको आवश्यकता बढी रहेको दाबी गरेका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने क्यानडा वार्ताको टेबलमा फर्किएर इमानदारीपूर्वक छलफल गर्नुपर्ने बताएका छन् ।
यता, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँग पारस्परिक लाभ हुने सम्झौता गर्न अझै सम्भव रहेको भनेका छन् । तर त्यसका लागि अमेरिकाले क्यानडाको सार्वभौमिकता र क्यानडाली उद्योगप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने उनको भनाइ छ । ट्रम्पको चेतावनीपछि अमेरिकी अटो कम्पनीका शेयरमा समेत कमी आएको छ । फोर्डको शेयर ३ दशमलव ६ प्रतिशत, स्टेलान्टिसको ४ दशमलव २ प्रतिशत र जनरल मोटर्सको १ दशमलव ६ प्रतिशतले घटेको थियो । टोयोटाको शेयरमूल्य पनि १ दशमलव ५ प्रतिशत र होन्डाको २ दशमलव १ प्रतिशतले ओरालो लागेको थियो ।
अमेरिका र क्यानडाबीचको अटो उद्योग आपूर्ति शृंखला निकै गहिरो रूपमा जोडिएको छ । अमेरिकी कार उत्पादनमा क्यानडामा निर्मित पाट्र्स र सवारीसाधनको ठूलो निर्भरता रहेकाले थप शुल्क लागू भए अमेरिकी उत्पादक र उपभोक्ता दुवैमाथि लागत बढ्न सक्ने उद्योग क्षेत्रले चेतावनी दिएको छ । क्यानडाको अटोमोटिभ पाट्र्स उत्पादक संघका अध्यक्ष फ्लाभियो भोल्पेले क्यानडाली अटो पाट्र्समा शुल्क लगाइए त्यसको भार अन्ततः अमेरिकी कार उत्पादन उद्योगले नै बेहोर्नुपर्ने भनेका थिए । आवश्यक पाट्र्सको आपूर्ति रोकिए अमेरिकाका कारखानामा उत्पादन नै प्रभावित हुन सक्ने उनको भनाइ छ ।
ट्रम्पले २० अर्ब डलर बराबरका क्यानडेली समानमा ५० प्रतिशतको अतिरिक्त भन्सार महसुल लगाएपछि क्यानडाले पनि पनि त्यस्तै कदमको घोषणा गरेको थियो । ‘तपाईंमाथि आक्रमण भएपछि युद्धको अवस्था आउँछ । हामीमाथि आक्रमण भएको छ,’ शुक्रबार क्यानडा अमेरिकासँग युद्धमा अभिल्झएको हो भन्ने प्रश्नको जवाफमा कार्नीले बताएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com