गुल्मी । गुल्मीको बडीगाड खोलामा माछामार्न पसेका एक व्यक्ति डुबेर बेपत्ता भएका छन् ।
मुसिकोट नगरपालिका-१ का दीपजंग दलार्मी खोलामा डुबेर बेपत्ता भएका हुन् ।
आइतबार राति उनी बडिगाड खोलामा माछा मार्न पसेका थिए ।
बडीगाड खोलाको राक्से खण्डबाट रातिदेखि बेपत्ता दलार्मीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिए ।
२५ फाल्गुण २०८२, सोमबार ०२:५९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com