info@nawayug.com

बाजुरामा बस दुर्घटना, २३ जना घाइते

बाजुरा । साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगंगा नगरपालिका–१० रिठा बजारनजिक आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

सुपप्र ०१ ००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भएर बीच सडकमै पल्टिँदा उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।

दुर्घटनाको खबर प्राप्त हुना साथ प्रहरी टोली उद्धारमा खटेको तथा सबै घाइतेलाई जिल्ला अस्पताल पुर्‍याइएको छ । घाइतेको अवस्था सामान्य छ । रासस

प्रतिक्रिया