info@nawayug.com

कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित, नयाँ मिति तय हुँदै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ।

शनिवार बस्ने भनिएको बैठक आइतबारको लागि सारिएको का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले बताएका छन्।

उनका अनुसार बैठक आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए।

बैठकमा १५ औँ महाधिवेशन र रसुवा बाढीपछिको अवस्थाबारे छलफल हुने जनाइएको छ।

पूर्वसभापति शेरबहादुर देउवा समूहले मंसिरमा समानान्तर महाधिवेशन गर्ने निर्णय गरेपछि कांग्रेसले पार्टी बैठक राखेको हो।

प्रतिक्रिया