काठमाण्डाै । सन् २०२७ को आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मिति तय भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार १० वटा टोली सहभागी छनोट प्रतियोगिता आउँदो वर्षको फेब्रुअरी २२ देखि मार्च २३ सम्म हुनेछ । यद्दपि छनोट खेल कहाँ हुने भन्नेबारे टुङ्गो लागिसकेको छैन ।
छनोट प्रतियोगिताको विजेता सीधै १४ वटा टोली सहभागी हुने विश्वकपमा प्रवेश गर्नेछ । यस्तै छनोटको दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीहरूले विश्वकपको पहिलो चरण ‘सुपर सिरिज’ मा प्रतिस्पर्धा गर्नेछन् । ‘सुपर सिरिज’ को विजेताले १२ वटा टोलीबीच खेल्नेछ ।
२०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबियाका १२ वटा मैदानमा अक्टोबर ४ देखि नोभेम्बर ११ सम्म आयोजना हुनेछ ।
सन् २०२६ सेप्टेम्बर ३० सम्मको एकदिवसीय वरीयतामा आयोजक देशहरू दक्षिण अफ्रिका र जिम्बावेबाहेकका २ तल्लो स्थानका पूर्ण सदस्य टोली, लिग–२ क्रिकेटका शीर्ष ४ टोली तथा विश्वकप छनोट प्लेअफका शीर्ष ४ टोली विश्वकप छनोटमा समावेश हुनेछन् ।
नेपाल अहिले लिग–२ तालिकामा ३२ खेलमा २४ अङ्कसहित छैटौँ स्थानमा छ । यो अवस्थामा नेपाल शीर्ष ४ मा पुग्ने सम्भावना समाप्त भइसकेको छ । अब नेपालले विश्वकप छनोट प्लेअफ खेल्नुपर्नेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com