info@nawayug.com

रानी सामुदायिक वनद्वारा स्वास्थ्य चौकी र मन्दिरलाई सहयोग

मकवानपुर । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले समूहको सेवा क्षेत्रभित्र रहेको स्वास्थ्य चौकी र मन्दिरलाई सहयोग गरेको छ ।

समूहले हेटौडा स्वास्थ्य चौकी, हेटौडा–६ चौघडा, सहिद रुद्र पाख्रिन सामुदायिक स्वास्थ्य चौकी गढी–४ कालीखोला र मक्राञ्चुली सामुदायिक स्वास्थ्य ईकाई गढी–३ मक्राञञ्चुलीलाई २/२ थान थर्मामिटर, १/१ थान प्रेसर जाच्ने मेशिन र १/१ थान वेट मेशिन वितरण गरिएको थियो । यसैगरी हेटौडा–६ दिब्यनगरमा रहेको संसारीदेवी माई मन्दिरलाई पूजा सामाग्री वितरण गरिएको थियो ।

समूहको चालू आव ०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सहयोग गरिएको समूहले जनाएको छ ।

हेटौडा–६ का कावा अध्यक्ष विजय पौडेलको प्रमुख आतिथ्यता एवम समूहकी सचिव अमुना सापकोटाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाई, सल्लाहकार अर्जुनप्रसाद चौलागाई, हेटौडा स्वास्थ्य चौकी प्रमुख टीएन ढुङ्गेल, सहिद रुद्र पाख्रिन स्मृति स्वास्थ्य चौकी प्रमुख लक्ष्मण दाहाल, मक्राञ्चुली सामुदायिक स्वास्थ्य ईकाई प्रमुख नारायणप्रसाद घोरसैनी, सुनौलो महिला समूह अध्यक्ष पवित्रा रुम्बा, समूहकी कोषाध्यक्ष गोमा लामिछाने , सदस्य पूर्णभद्र चौलागाई, कार्यसमिति , लेखा समिति, सल्लाहकार , उपभोक्ता , कर्मचारी , सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया