पोखरा । सुरेन्द्र पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गरेको छ। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिअनुसार मन्त्रीहरू हेरफेर गरिएको हो।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ गराइसकेका छन्।
नयाँ मन्त्रिपरिषद्मा कांग्रेसबाट:
अर्थ मन्त्रीमा जित शेरचन
ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नन्दप्रसाद न्यौपाने
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीमा रेखा गुरुङ
वन तथा वातावरण मन्त्रीमा नम्डु गुरुङ नियुक्त भएका छन्।
त्यस्तै एमालेबाट:
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीमा गोविन्दबहादुर नेपाली
उद्योग तथा पर्यटन मन्त्रीमा यशोदा रिमाल
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा लक्ष्मण पाण्डे
स्वास्थ्य मन्त्रीमा भीम कार्की जिम्मेवारी दिइएको छ।
कांग्रेस–एमालेबीचको शक्ति सन्तुलनलाई ध्यानमा राख्दै मन्त्रिपरिषद् पुनर्गठन गरिएको जनाइएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com