info@nawayug.com

हेटाैँडामा जेठ १३ गते बृहत् शैक्षिक महाेत्सव,"२० वर्षपछिकाे हेटाैँडा" चित्रकला प्रतियाेगिता हुने

हेटौँडा । हेटौँडा-४ नं. वडा कार्यालयको आयोजनामा तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा-४ को व्यवस्थापनमा हुने शैक्षिक महोत्सवको तयारी तिब्र बनाईएको छ । पूर्व निर्धारित जेठ १४ हुने भनिएको कार्यक्रम उक्त दिन सार्वजनिक विदा परेकोले जेठ १३ गते बुधबार हुने शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दाहालले जानकारी दिनुभयो । चौधो पटक हुन लागेको महोत्सव यसपाली नगरस्तरीय हुने र नगरभित्रका विध्यालयमा पत्रचार गरिसकेको र विध्यालयहरूले महोत्सवमा सहभागी हुन विधागत तयारी गरिरहेको बताउनुभयो ।

महोत्सवमा विशेष कार्यक्रमको रूपमा राष्ट्रिय भाषा र सँस्कृति झल्कने नित्य प्रतियोगिता, विज्ञान विषयको प्रदर्शनी र चित्रकला प्रतियोगीता हुने ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भयो । चित्रकला प्रतियोगिताको विषय "२० वर्षपछिको हेटौँडा" रहेको बताउँदै आजको विध्यालयको विध्यार्थीले २० वर्षपछिको हेटौँडा सहर कस्तो बनाउने परिकल्पनामा चित्रकला कोरिने छ । विध्यालय र विध्यार्थीबीचको स्वस्थ प्रतिस्पर्धाबाट उनीहरूको लुकेर बसेको प्रतिभालाई प्रस्फुटन गर्ने र शैक्षिक ज्ञानमा सुधार ल्याई विध्यार्थीलाई सृजनात्मक बनाउने महोत्सवको उदेश्य रहेको वडा अध्यक्ष सिग्देलले बताउनु भयो । वडा अध्यक्ष सिग्देलले महोत्सवमा हेटौँडा नगरभित्रका विध्यालयहरू सहभागी हुन र विध्यार्थीलाई महोत्सवमा अवलोकन गराउन विध्यालय प्रशासन र व्यवस्थापन समितिलाई आग्रह गर्नुभएको छ ।

वडा कार्यालयले विगत वर्षमा ३ पटकसम्म आयोजना गरिएको महोत्सवमा हजारौँ विध्यार्थी, शिक्षक र अवलोकन गरिएको बताउँदै अध्यक्ष सिग्देललेविध्यार्थी, अभिभावक र शिक्षक गरि १० हजार जनाले महोत्सवको अवलोकन गराईने व्यवस्था मिलाईएको अध्यक्ष सिग्देलले बताउनुभयो । नृत्य प्रतियोगितामा प्रथम २० हजार द्वितीय १५ हजार, तृतीय १० हजार र सान्त्वनालाई ५ हजार, विज्ञान विषयको प्रदर्शनीमा प्रथम ३० हजार, द्वितीय २० हजार, तृतीय १० हजार र सान्त्वनालाई ५ हजार, चित्रकला प्रतियोगितामा प्रथम २० हजार, द्वितीय १५ हजार, तृतीय १० हजार र सान्त्वनालाई ५ हजार नगद पुरस्कार रहेको वडा कार्यालयको सचिव रामप्रसाद गुरागाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया