info@nawayug.com

सर्वदलीय बैठक:संसद्को जारी गतिरोध अन्त्य गर्नेतर्फ केन्द्रित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राखेको सर्वदलीय बैठकमा संसद्मा जारी गतिरोध अन्त्य गर्नेबारे छलफल केन्द्रित भएको छ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हल जारी बैठकमा सभापति लामिछानेले संसद्को जारी गतिरोध हटाउनबारे छलफल गरिरहेको महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।

उनका अनुसार बैठक अहिले पनि जारी छ। बैठकमा रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमणबारे जानकारी गराएका थिए।

उनले भने, ‘समसामयिक राजनीतिका विषयमा छलफल जारी छ। सहभागी सबै दलका नेताहरूले सर्वदलीय बैठकको माध्यमबाट संवाद सुरु गरेकोमा स्वागत गर्दै विषयमा छलफल भएको छ।’

सर्वदलीय बैठक जारी भएकाले बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सुरु हुन सकेको छैन। प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोध गर्दै विपक्षीले सदन अवरोध गर्दै आइरहेका छन्।

आज पनि विपक्षीले सदन अवरोध गर्ने अडान लिएपछि सभापति लामिछानेले सर्वदलीय बैठकबाट निकास खोज्ने प्रयास गरेका हुन्।

प्रतिक्रिया