info@nawayug.com

चिया बगानमा ५५७ किलो गाँजा फेला, प्रहरीद्वारा बरामद

झापा । झापाको मेचीनगर नगरपालिका–५ स्थित एक चिया बगानबाट प्रहरीले ५५७ किलो अवैध गाँजा बरामद गरेको छ ।

शुक्रबार बिहान सिर्जना चोकस्थित स्थानीय टेकेन्द्र थापाको निजी चिया बगानमा लुकाएर राखिएको अवस्थामा १३ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्लास्टिकसहित गाँजाको कुल तौल ५६२ किलो ८०० ग्राम रहेको छ । प्लास्टिक हटाउँदा गाँजाको वास्तविक तौल ५५७ किलो रहेको पुष्टि भएको छ ।

बरामद गाँजासम्बन्धी आवश्यक मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया