काठमाण्डौ । सुनको भाउ आज पनि घटेको छ । आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो ।
हिजो एकैदिन ९ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज पनि ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो । गएको मंगलवारदेखि लगातार सुनको भाउ घट्दै आएको छ ।
आज चाँदीको भाउ भने स्थिर छ । हिजो तोलामा १८५ रुपैयाँले घटेको चाँदीको भाउ आज तोलाको ४ हजार ७ सय ८० रुपैयाँ नै कायम रहेको महासंघले जनाएको छ ।
१५ भदौ २०८३, सोमबार १२:५८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com