काठमाडौंं । नेपाली कांग्रेसका सांसद मोहन आचार्यले राष्ट्रिय विपद् घोषणा गरी उद्धार र राहतमा लाग्न सरकारलाई आग्रह गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले भोटेकोसी नदीमा आएको बाढीका घाइतेको उद्धारमा लाग्न आग्रह गरेका हुन् । प्रारम्भिक रूपमा ठूलो जनधनको क्षति भएको जानकारी आएको बताए ।
“यस किसिमको विपत्ति शताब्दीको पहिलो हो जस्तो लाग्छ,” उनले भने, “म सरकारलाई राष्ट्रिय विपद् घोषणा गरी उद्धार र राहतमा लाग्न अनुरोध गर्दछु ।”
उद्धारका लागि हाहाकार गरिरहेकाहरुलाई हेलिकोप्टरबाहेक सम्भव नभएको आचार्यको भनाइ छ । उपलब्ध हेलिकोप्टर तत्काल रसुवा पठाउन माग गरे । सम्पूर्ण राज्यसंयन्त्र त्यसमा परिचालन गर्न आग्रह गरे ।
१० भदौ २०८३, बुधबार ०३:४२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com