काठमाण्डौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ ।
अस्ति शुक्रबार सुनको भाउ तोलामा ५ हजार ८०० र चाँदीको भाउ तोलामा १५५ रुपैयाँले घटेको थियो । तर आज सुन तोलामा एक हजार ६०० रुपैयाँ र चाँदी ६० रुपैयाँले बढेको हो ।
भाउ बढेर आज सुन तोलाको दुई लाख ८७ हजार १०० रुपैयाँ र चाँदी चार हजार ४१० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अस्ति शुक्रबार सुनको भाउ तोलामा दुई लाख ८५ हजार ५०० रुपैयाँ तथा चाँदीको भाउ चार हजार ३५० रुपैयाँ रहेको थियो ।
१० साउन २०८३, आईतबार ११:४५ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com