काठमाण्डौं । पाकिस्तानमा चलिरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ ।
खेल नेपाली समयानुसार दिउँसो १ बजे शुरु हुनेछ । चौथो खेल खेल्न लागेको नेपालको लक्ष्य पहिलो जित रहेकोछ । यसअघि लगातार तीन खेलमा पराजित भएको नेपाललाई सेमिफाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ ।
नेपाल उद्घाटन खेलमा काजकस्तानसँग ३–२, दोस्रो खेलमा श्रीलङ्कासँग पनि ३–२ तथा तेस्रो खेलमा आयोजक पाकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । अब नेपालले बङ्गलादेशपछि अन्तिम लिग खेल उज्वेकिस्तानसँग खेल्नेछ ।
प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, काजकिस्तान, श्रीलङ्का, बङ्गलादेश र उज्वेकिस्तान गरी ६ टोली सहभागी छन् । सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । नेपाली टोलीको कप्तानी हरिहजुर थापाले गरेका छन् भने मुख्य प्रशिक्षक जगदीश भट्ट रहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com