info@nawayug.com

प्रधानमन्त्रीसँग भारतीय राजदूतको भेट, नेपाल–भारत सम्बन्ध थप गहिर्याउने छलफल भयो

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सोमबार एकल भेट गरेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवात्सवले भारत र नेपालबीचको सुदृढ र बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा कुरा भएको बताएका छन् ।

उनले प्रधानमन्त्री शाहसँग अर्थपूर्ण र रचनात्मक विचार आदानप्रदान भएको उल्लेख गरे ।

‘आज बिहान नेपालको सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेट्न पाउँदा सम्मानित महसुस भयो। प्रधानमन्त्री नरेन्द्र मोदीज्यूका तर्फबाट हार्दिक शुभकामना व्यक्त गरेँ। भारत–नेपालबीचको सुदृढ र बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा उहाँसँग अर्थपूर्ण र रचनात्मक विचार आदानप्रदान भयो’ राजदूतले भनेका छन् ।

भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका थिए ।

 

प्रतिक्रिया