info@nawayug.com

रास्वपा महाधिवेशन : उद्घाटनस्थल वरपरको सडकमा गाडी चलाउन रोक

काठमाण्डौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज चितवन भरतपुरमा पहिलो राष्ट्रिय महाधिवेशन उद्घाटन हुँदैछ । 

उद्घाटनका दिन गाडी पार्किङ स्थल व्यवस्थापनसहित वरपरको सडकमा गाडी गुड्न रोक लगाइएको छ । चितवन भरतपुरका चार ठाउँमा पार्किङ स्थल तय गरिएको छ । पूर्व–पश्चिम राजमार्गको चौबिस कोठीदेखि पूर्व र भरतपुर बाइपास सडकको मालपोत चोकदेखि पश्चिममा कार्यक्रमस्थल छ । 

कार्यक्रम स्थलतर्फ आउने भित्री बाटोका नौ ठाउँमा गाडी रोकिने छन् । त्यसै गरी भरतपुरको केन्द्रीय बसपार्कको खाली जमिनमा चार पाङ्ग्रे र दुईपांग्रे गाडीहरू पार्क गर्न सकिने प्रहरीले जनाएको छ । पूर्वबाट आउने गाडीहरू त्यहाँ पार्क हुने छन् । बाइपास सडकको विशाल चोक आडको चौरमा पनि चार पाङ्ग्रे र दुईपांग्रे गाडी पार्क हुने छन् । 

चितवन माविको खेल मैदानमा पनि सानारठूला गाडीहरू पार्क गरिनेछ । भरतपुर अस्पताल अगाडि दुईपांग्रेका लागि पार्किङ स्थल तय भएको चितवन प्रहरीले जनाएको छ । 

प्रतिक्रिया