काठमाडौं । नेपालले पनि भारतको जमिन मिचेको प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रष्टता खोजेको छ । यो विषय तथ्य सहित आउनुपर्ने उसको आग्रह छ ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।
त्यसक्रममा उनले भनेका थिए, ‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ ।’ सीमा विवादको विषयमा दुईपक्ष बसेर हेर्ने पनि उनको प्रतिबद्धता थियो ।
यसमा कांग्रेकी प्रमुख सचेतक वासना थापाले प्रष्टता खोजेकी हुन् ।
‘सम्माननीय प्रधानमन्त्रीले ‘नेपालको तर्फबाट पनि भारतको भूमि मिचिएको रहेछ’ भन्नुभयो । यहाँ कहाँनेर मिचिएको हो यसबारे छिटो भन्दा छिटो अवगत गराइयोस्’ उनले भनेकी छन्, ‘यो गम्भीर विषय हो । प्रधानमन्त्रीले दुई देशको सीमाबारे बोलेको यो सत्य हो भने राखिनपर्यो । यदि यो सही होइन भने रेकर्डबाट हटाइयोस् ।’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com