info@nawayug.com

आज शेयर बजार घट्याे, काराेबार रकम बढ्याे

काठमाण्डाै । हिजो सामान्य बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३.८२ अङ्कले घटेर २ हजार ६५४.१५ विन्दुमा झरेको छ ।

आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ । आज २०२ वटा कम्पनीको शेयर घटेकोमा ६४ वटाको बढेको छ । यस्तै १० वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज लक्ष्मी सनराइज क्यापिटलको म्युचल फन्ड ‘एलएस होरिजन १२’ को शेयर साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन अपर लोहोरे खोला हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ३४७ वटा कम्पनीको १ करोड ८ लाख कित्ता शेयर ४ अर्ब ६२ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया