काठमाडौं । एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई सहज र किफायती स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले साझेदारी गरेका छन्।
साझेदारीअन्तर्गत २९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श लिन सक्नेछन्। यस्तै, ९९ रुपैयाँदेखि २९९ रुपैयाँसम्मको प्याक वा रेन्टल सेवा लिने ग्राहकले चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन्।
सम्झौतामा मंगलबार आयोजित कार्यक्रममा एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा। अमित तोमरले हस्ताक्षर गरेका छन्।
एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत दत्ताले मोबाइल सेवासँगै ग्राहकलाई स्वास्थ्य सेवामा समेत थप सुविधा उपलब्ध गराउने उद्देश्यले साझेदारी गरिएको बताए। उनका अनुसार यसबाट ग्राहकले निःशुल्क चिकित्सक परामर्शदेखि परामर्श शुल्कमा छुटसम्मको सुविधा पाउनेछन्।
सुविधा लिन योग्य एनसेल ग्राहकले एनसेल एपमा लगइन गरी ‘पार्टनर्ड सर्भिसेज’ खण्डमा गएर नेपाल मेडिसिटी अस्पताल छनोट गर्नुपर्नेछ। एपमा ग्राहकले पाउने सुविधाको विवरण स्वतः देखिनेछ। सुविधा लिन अयोग्य देखिएका ग्राहकले आवश्यक प्याक वा रेन्टल सेवा लिएर उक्त सुविधा लिन सक्नेछन्।
नेपाल मेडिसिटीका प्रमुख कार्यकारी अधिकृत डा। तोमरले यस्तो सहकार्यले गुणस्तरीय स्वास्थ्य सेवालाई थप पहुँचयोग्य, समावेशी र किफायती बनाउन सहयोग पुग्ने बताए।
एनसेलले विश्वसनीय ब्रान्ड तथा अत्यावश्यक सेवा प्रदायकसँगको सहकार्यमार्फत ग्राहकलाई दैनिक जीवनमा उपयोगी थप सुविधा उपलब्ध गराउने प्रयासअन्तर्गत यो साझेदारी गरिएको जनाएको छ।
१० भदौ २०८३, बुधबार १२:१४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com