info@nawayug.com

नेदरल्याण्ड्स, जापान र स्वीडेन नकआउट चरणमा

काठमाण्डौं । फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड्स समूह एफको शीर्ष स्थानमा पुगेको छ । आज बिहान भएको खेलमा नेदरल्याण्ड्सले ट्युनिसियालाई ३–१ ले हरायो ।

तेस्रो मिनेटमा ट्युनिसियाका एलिस स्किरीले आत्मघाती गोल गर्दा नेदरल्याण्ड्सले अग्रता लियो । सातौँ मिनेटमा ब्रायन बबीको गोलमा नेदरल्याण्ड्स २–० ले अगाडि पुग्यो । ट्युनिसियाका हाजेम मस्त्यौरीले गोल फर्काएका थिए ।

६३ औँ मिनेटमा नेदरल्याण्ड्सका जोन पाउल भानले गोल गरेपछि नेदरल्याण्ड् ३–१ ले विजयी भयो । सबै खेलमा पराजित ट्युनिसिया विश्वकपबाट बाहिरिएको छ ।

आजै भएको अर्को खेलमा जापान र स्वीडेनले १–१ को बराबरी खेलेका छन् । जापानका डेजिन मेदाले ५५ औँ मिनेटमा गोल गरे भने स्वीडेनका एन्थोनी एलेग्नाले ६१ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

 

प्रतिक्रिया