काठमाण्डौ । न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम नेपाल प्रिमियर लिग ९एनपीएल० टोली जनकपुर बोल्ट्समै फर्किएका छन् ।
३५ वर्षीय निसमलाई आउँदो सिजनका लागि अनुबन्ध गरिएको जनकपुर बोल्ट्सले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । निसमले दुई वर्ष अघि एनपीएलको पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
त्यसबेला निसमले एनपीएलमा वेस्ट स्ट्राइक रेटको अवार्ड पनि प्राप्त गरेका थिए । तर अघिल्लो वर्ष भएको दोस्रो संस्करणमा उनले पोखरा एभेन्जर्सबाट खेलेका थिए ।
क्रिकेटका महत्वपूर्ण फ्रेन्चाइज लिग खेल्दै आएका उनका लागि दुई वर्ष अघि जनकपुर च्याम्पियन हुँदा फ्रेन्चाइज क्रिकेटमा पहिलो उपाधि थियो ।
९ भदौ २०८३, मङ्गलबार ०३:०१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com