काठमाडौं । बेलायती डाक्टरहरूले सामाजिक सञ्जाल बालबालिकाका लागि धूम्रपान जत्तिकै हानिकारक रहेको बताएका छन् । उनीहरूले अत्यधिक ‘स्क्रिन’ समयले युवाहरूलाई निम्त्याउने हानिलाई सम्बोधन गर्न सांसदहरूलाई आग्रह गरेका समाचार संस्था रोयटर्सले जनाएको छ ।
पछिल्ला वर्षहरूमा प्रविधि र उपकरणहरूको निर्बाध सम्पर्कले बालबालिका र युवाहरूको स्वास्थ्यमा प्रभाव पारिरहेको बेलायत र आयरल्यान्डका २३ शाही मेडिकल कलेज र संकायहरूको प्रतिनिधित्व गर्ने निकाय ‘एकेडेमी अफ मेडिकल रोयल कलेज’ ले भनेको छ ।
सर्वेक्षणमा सहभागी १३२ डाक्टरमध्ये आधाभन्दा धेरैले प्रत्येक हप्ता प्रविधि र उपकरणहरूसँग सम्बन्धित हुन सक्ने स्वास्थ्य हानिको कम्तीमा एउटा घटना देखेका र एक तिहाइभन्दा धेरै डाक्रले हप्तामा धेरै पटक हानिको प्रमाण देखेका खबरमा उल्लेख छ ।
बेलायतले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउनेबारेमा परामर्श गरिरहेको छ । सयौँ बेलायती परिवारहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्धले बालबालिकाको निद्रा, पारिवारिक जीवन र स्कूलको काममा कस्तो प्रभाव पर्छ भनेर विचार गरिरहेका छन् । यस्तै बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनु कति प्रभावकारी हुन्छ भन्नेबारेमा विज्ञहरू विभाजित छन् ।
गएको वर्ष अस्ट्रेलिया १६ वर्षमुनिका बालबालिकालाईसामाजिक सञ्जाल प्रतिबन्ध लगाउने पहिलो देश बनेको थियो । युरोपेली देशहरूले पनि यस्तै उपायहरू विचार गरिरहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com